हसिनाले राजीनामा नदिई भारत गएको खुलासा

काठमाडौं । गत सोमबार बंगलादेशबाट भारत शरण लिन पुगेकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिई भारत गएको खुलेको छ । यो कुरा हसिनाका छोरा सजिव वाजेथ रोयले खुलासा गरेका हुन् ।

बेलायती समाचार एजेन्सी रोयटर्ससँग बोल्दै सजिवले यस्तो खुलासा गरेको बंगलादेशी अखबार डेली स्टारले उल्लेख गरेको छ । १७ करोड जनसंख्या भएको बंगलादेशमा लगालगत १५ वर्ष सत्ता चलाएकी हसिना ३०० जनाको ज्यान गएको आन्दोलन उग्र भएपछि भारत शरणमा पुगेकी थिइन् ।

यसरी भारतमा जाँदा राजीनामा पनि नदिएको सजिवले खुलाएका छन् । उनले भनेका छन्, ‘मेरी आमाले कहिल्यै पनि राजीनामा दिनु भएन । राजीनामा दिने समय नै भएन ।’

उनले राजीनामा नदिएको कारणले संविधान अनुसार हसिनानै प्रधानमनत्री भएको दाबी गदै अमेरिकाको राजधानी वासिङटन डिसीबाट भनेका छन्, ‘उहाँले वक्तव्य दिएर राजीनामा दिने योजना बनाउनु भएको थियो ।

तर, त्यति नै बेला प्रधानमन्त्री निवासतर्फ प्रदर्शनकारीहरुको मार्च भयो । र त्यसपछि कुनै समय नै भएन । राम्रोसँग थन्कोमुन्को नै गर्न नपाइ आमाले छोड्नु पर्यो । जहाँसम्म संविधानको कुरा छ, उहाँ अहिलेसम्म बंगलादेशको प्रधानमन्त्री नै हो ।’

यद्यपी ब‌ंगलादेशकाे सेनाले राजीनामा दिएकाे बताएकाे थियाे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *