बाबुरामले तोके २५ विभाग प्रमुख- आर्थिकमा हिसिला, सूचना प्रविधिमा मानुषी (सूचीसहित)

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले २५ वटा विभागमा प्रमुख तोकेको छ। हालै बसेको नेताहरूको जिम्मेवारी तोकेको हो।

नेसपाले संगठन विभाग प्रमुखमा सोनामसिंह स्याङतान, प्रशिक्षण विभागमा महेन्द्र श्रेष्ठ, अन्तर्राष्ट्रिय विभागमा दुर्गा सोव, आर्थिक विभाग प्रमुखमा हिसिला यमी, प्रचार प्रसार तथा सूचना प्रविधि (आईसीटी) विभागको प्रमुखमा मानुषी यमी भट्टराईलाई जिम्मेवारी दिएको छ।

बैठकले जनवर्गीय संगठनका इन्चार्ज तथा सातै प्रदेशमा भेला अधिवेशन गर्नको लागि उत्प्रेरक तोकेको छ। पार्टीको विधान अधिवेशन कात्तिक १ देखि ४ गतेसम्म पोखरामा गर्ने निर्णय समेत भएको प्रवक्ता कृष्ण शर्माले बताए।

Comments

One response to “बाबुरामले तोके २५ विभाग प्रमुख- आर्थिकमा हिसिला, सूचना प्रविधिमा मानुषी (सूचीसहित)”

  1. परदेशी कान्छो Avatar
    परदेशी कान्छो

    बाल बिभागमा नाति पनि राख्न पा हुन्तो डाक्साव!
    😁😁😂

Leave a Reply

Your email address will not be published. Required fields are marked *