यी १० एजेण्डामा केन्द्रित छ विप्लव नेतृत्वको नेकपाको बैठक

काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक आज पनि बसेको छ। हिजोदेखि पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा जारी बैठकमा ६ महिने आवधिक योजनाबारे समीक्षा भएको थियो।

महासचिव विप्लवले बैठकका एजेण्डाहरु प्रस्तुत गर्दै हिजो समसामयिक राजनीतिक परिस्थितिका बारेमा ब्रिफिङ गरेका थिए। बैठक वैचारिक राजनीतिक कार्य, संगठनात्मक कार्य, संघर्ष, आर्थिक, सांस्कृतिक काम, निर्माण तथा नमुना कार्य, प्रकाशन तथा प्रचार प्रसार, विविधसहित १० वटा एजेण्डामा छलफल केन्द्रित छ।

बैठकमा स्थायी समिति सदस्यहरुले एजेण्डामाथि आफ्नो धारणा राख्दै कार्यक्षेत्रको रिपोटिङ गर्ने क्रम जारी रहेको जनाइएको छ।
नेकपाका महासचिव विप्लवले समाजवादी मोर्चाको पनि संयोजन गरिरहेका छन्।

मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादव पक्षको नेसपा पनि सहभागी छ। मोर्चालाई अगाडि बढाउने बिषयमा पनि बैठकले निर्णय लिने बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *