कृषि समितिकी सभापति कुसुमदेवीले लिइन् शपथ (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका नवनिर्वाचित सभापति कुसुमदेवी थापाले शपथ लिएकी छन् ।

बुधबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नवनिर्वाचित सभापति थापालाई पद तथा गोपनीयताको शपथ गराए । सो क्रममा सभामुख घिमिरेले सभापति थापालाई सफल कार्यकालको शुभकामना दिए ।

यसअघि मंगलबार बसेको कृषि समिति बैठकले सभापतिमा कांग्रेसकी सांसद थापालाई निर्वाचित गरेको हो । आरजु राणा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति रिक्त हुन पुगेको थियो ।

Comments

One response to “कृषि समितिकी सभापति कुसुमदेवीले लिइन् शपथ (भिडिओ)”

  1. कर्ण बहादुर बुढा Avatar
    कर्ण बहादुर बुढा

    कृषि समितिका सभापति ज्यु धान र सामाको बोट चिन्न सक्नुहुन्छ कि नाइ खै?

Leave a Reply

Your email address will not be published. Required fields are marked *