कांग्रेस-एमालेलाई प्रचण्डको चेतावनी : संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्वतिर लैजान नखोज्नू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान कांग्रेस एमालेलाई चेतावनी दिएका छन्।

प्रतिनिधिसभाबाट विश्वासको मत माग्दै संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको बताए।

उनले भने, ‘सबै ऐतिहासिक र युगान्तकारी घटनाको एक प्रमुख नेताको हैसियतले म साथीहरूलाई भन्छु, सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजानुस्।

राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा जनताको खुला जानकारीमा पनि लिन सकिने बताए।

उनले थपे, ‘नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसदमा सुरू गर्न सकिन्थ्यो। तपाईँहरू विमर्श होइन, षड्यन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईँहरूले सहमति गरेको ठाउँ र समयबाट पुष्टि हुन्छ। स्वाभाविक र विवेकसम्मत काम गर्दा त्यो तहको डर हुँदैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *