एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाई

काठमाडौं । श्रीलंकामा हुने एसीसी महिला एसिया कप खेल्ने नेपाली महिला टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रम गरी एसिया कप खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई गरेको हो ।

नेपालले जुलाई १९ देखि २८ तारिखसम्म श्रीलंकामा हुने महिला एसिया कप टी-२० क्रिकेटमा सहभागिता जनाउन लागेको हो । नेपालले जुलाई १९ मा यूएई, जुलाई २१ मा पाकिस्तान र जुलाई २३ मा भारतसँग खेल्नेछ । क्यानले यसअघि इन्दु वर्माको कप्तानीमा एसिया कप खेल्ने १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो ।

नेपाली टोलीः इन्दु वर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, विन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजल श्रेष्ठ, सवनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *