ओलीलाई भस्मासुरको संज्ञा दिँदै झलनाथले भने- संसद विघटन गरेदेखि अस्थिरता बढ्यो (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भस्मासुरको संज्ञा दिएका छन् । प्रवासी नेपाली एकता मञ्चको अन्तर्राट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले ओलीकै कारणले कम्युनिष्ट आन्दोलन ओरालो यात्रामा लागेको बताए ।

उनले भने, ‘हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउँदै नेकपामा पुर्‍याइसकेका थियौं । जुन नेकपामा पुयाउँदा १० लाख पार्टी सदस्य थिए । संसदमा दुई तिहाइ बहुमतमा थियौं । ७ मध्ये ६ प्रदेशमा पूर्ण बहुमतमा थियौं । देश वाममय बन्दै गइरहेको थियो, तर त्यस्तो शक्तिको नेतृत्व गर्ने ठाउँमा जुन नेतालाई पुर्‍यायौं भष्मासुर निस्किए । उनले कम्युनिष्ट आन्दोलनलाई दक्षिपणन्थतिर लग्दै गए र आफैं दुई तिहाइ बहुमत भएको संसदलाई विघटन गर्ने काम भयो ।’

उनले ओलीकै कारण नेपालको राजनीति दक्षिणपन्थी र अवसरवादतर्फ गएको जिकिर गरे । ओलीले संसद विघटन गरेदेखि नेपालको राजनीति अस्थिर बन्दै कम्युनिष्ट आन्दोलनलाई नै दिशाहीन बनाएपछि आफूहरुले विद्रोह गरेको नेता खनालले बताए ।

Comments

6 responses to “ओलीलाई भस्मासुरको संज्ञा दिँदै झलनाथले भने- संसद विघटन गरेदेखि अस्थिरता बढ्यो (भिडिओ)”

  1. badri prasad timilsina Avatar
    badri prasad timilsina

    सर्पासुर्को रोइलो

  2. ksp pyl Avatar
    ksp pyl

    मन्त्री पठाएर कमिशन खाने बाटो बन्द हुने भएकाले रोईलो ।

    1. yuvaraj adhikari Avatar
      yuvaraj adhikari

      जय हाे सर्पनाथ ।

  3. Raj Avatar
    Raj

    माकुने र प्रचण्डले देउवालाई सत्ता सुम्पिदा सम्विधानको रक्षा हुने, अहिले वलि प्रधानमन्त्री हुंदा देशमा अस्थिरता हुने? लाजका पसाराहरू।

  4. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    खै के काे काेट्यायाे भने गनाउँछ भन्थे, मलाई त गनायाे है । नकाेट्याएकाे राम्राे हुन्छ ।

  5. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    भष्मासुर त तिमिहरु हाै, आफ्नाे स्वार्थकाे लागि जे पनि गर्ने । धेरै नखाेक है जनतालाई सबै था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *