पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखरा महानगरपालिकामा छापा हानेको छ ।
मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको विषयमा छानबिन गर्न अख्तियारले मङ्गलवार महानगरमा छापा हानेको हो ।
छापाबाट विभिन्न कागजात नियन्त्रणमा लिइएको अख्तियार पोखरा कार्यालयका सूचना अधिकारी जगदीशचन्द्र सिवाकोटीले जानकारी दिए ।
‘मणिपालको विषयमा बाहिर आएकै कुरा हो । यस विषयमा छानबिनका लागि हामीले छापा हानेको हौँ । केही कागजात बरामद गरिएको छ,’ उनले भने ।

Leave a Reply