प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

काठमाडौं । मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवासँग लिखित सहमति गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउन र मार्ग प्रशस्त गर्न सुझाव दिनका लागि ओली बालुवाटार पुगेको बताइएको छ ।

यसअघि प्रधानमन्त्री र अध्यक्ष ओलीबीच सोमवार पनि २ घण्टाभन्दा बढी छलफल भएको थियो । सो छलफलमा आफूले ओलीलाई अहिलेकै गठबन्धनबाट प्रधानमन्त्री बन्न गरेको आग्रह अश्वीकार गरेको जानकारी प्रचण्डले पार्टीका नेताहरुलाई गराएका छन् ।

बालुवाटारमा अहिले माओवादी केन्द्रको पदाधिकारी बैठक समेत बस्दैछ । कांग्रेस र एमालेबीचको पछिल्लो सहमतिपछिको कदमबारे छलफल गर्न प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् ।

Comments

One response to “प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा”

  1. रबिकुमार गिरि Avatar

    अाखिरि नेपाली राजनीति मा बिश्वास काे खडेरी नपरेको कहिले पाे हाे र! किन तेति सजिलोसँग राजिनामा गर्ने पर्चण्डले; फेरि एक पटक बिश्वास काे मत काे लागि बैठक अाब्हान गर्नु नितान्त राम्रो हुने हाम्रो अाकलन हाे।अाखिरि यो देशको भाेलि हुनेवाला पर्धानमन्त्रि केपि र सेरबहादुर हरु कुन चाहिँ शुद्ध दुधले नुहाएका इमानदार पात्र हुन र ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *