गृहमन्त्रीविरुद्धको मुद्दामा आज अन्तिम बहस, फैसला पनि आउन सक्ने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटको आज अन्तिम बहस हुँदैछ ।

सपना मल्ल प्रधान र शारंगा सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि अन्तिम सुनुवाइ सुरू भएको थियो । त्यो दिन बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार अब विपक्षी रविका तर्फबाट मात्र बहस बाँकी छ ।

रविलाई निलम्बन गरी अनुसन्धान हुनुपर्ने माग गर्दै अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा महान्यायाधिवक्ता कार्यालयसमेतलाई विपक्षी बनाइएको छ ।

सहकारी ठगी मुद्दामा लामिछानेलाई उन्मुक्ति दिइएको दाबीसहित उक्त प्रकरणमा अनुसन्धान हुनुपर्ने र निलम्बन गरिनुपर्ने निवेदकको जिकिर छ ।

Comments

One response to “गृहमन्त्रीविरुद्धको मुद्दामा आज अन्तिम बहस, फैसला पनि आउन सक्ने”

  1. khagendra Acharya Avatar
    khagendra Acharya

    नालायक हरु सबै तिर भ्रष्टाचारि अपराधि हरु काे सरक्षण गरने हरु लाई बहिष्कार ग,नु परने अवकाे अावशयकता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *