प्रधानमन्त्रीलाई माधवको सुझाव- हिजो संसद विघटन गरेर ठिक गरेँ भन्नेले भोलि फेरि गर्देलान्, ख्याल गर्नुस् (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हिजो संसद विघटन गरेर ठिक गरे भन्नेले आज पनि त्यही कदम चाल्न सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन्।

पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै आफूसँग संख्या कम छ भनेर नआत्तिन प्रधानमन्त्रीलाई सुझाए।

उनले ओलीले संसद विघटन गरेको प्रसंगमा भने, ‘प्रधानमन्त्रीज्यू अहिले पनि सुनिन्छ हामीले संसद विघटन गरेर ठिक गर्‍यौँ भन्दैछन्। हिजो विघटन गरेर ठिक गर्‍यौँ भन्नेहरूले भोलि फेरि विघटन गर्देलान् ख्याल गर्नुस्। विघटन गर्नुपर्ने आवश्यकता छैन। हामी पनि छौँ। संख्या कम छ भनेर आत्तिनु पर्दैन। जनताको भोटले पनि हुँदैन रहेछ।’

उनले आफूहरूले एमालेबाट विद्रोह गरेको औचित्य पुष्टि गरिसकेको जिकिर गरे। अहिले ओली र माधव नेपाल एउटै सत्ता गठबन्धनमा छन्।

दुई नेताहरूले सहकार्य थालेपछि व्यक्तिगत सम्बन्ध अझै सुध्रिएको छैन।

एमालेबाट अलग भएको ३ वर्षपछि महाधिवेशन गर्दा पनि नेकपा एसको महाधिवेशनमा ओलीसहित एमालेका कोही नेता गएनन्।

Comments

2 responses to “प्रधानमन्त्रीलाई माधवको सुझाव- हिजो संसद विघटन गरेर ठिक गरेँ भन्नेले भोलि फेरि गर्देलान्, ख्याल गर्नुस् (भिडिओ)”

  1. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    हाहाहा । जम्मा 10 हाेईन ? फुर्ति धेरै भयाे कि ?

  2. bharat kumar thapa Avatar

    राम्रो काम नेकपा एमालेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *