हरेक उथलपुथलमा लिड गरेर अरूलाई हाम्राे पछि लाग्न बाध्य बनाएका छौं : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले नेपालको राजनीतिमा निर्णायक भूमिका खेलेको जिकिर गरेका छन्। महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै कुनै पनि चुनौतिबाट नडराएर आफूहरु अघि बढेको बताए।

उनले भने, ‘पार्टीको नेतृत्वव दस्तावेज जस्तै सहमतिमै टुंगो लगाइयोस् भन्ने चाहना पाइरहेका छौं। नेपाली ठूल्ठूला उथलपुथल भएका छन्। प्रत्येक उथलपुथलमा हामीले महत्वपूर्ण अग्रगामी भूमिका खेलेका छौं। सहभागी भएको मात्रै होइन, लिड गरेका छौं। घटनाक्रमलाई निर्णायक मोड दिने सक्रिय हस्तक्षेप गर्ने, अरुलाई पनि आफ्नो पछिपछि ल्याउनसक्ने, नेपालको राजनीतिमा दिशाबोध गर्ने, खुवी र क्षमताको साथ अघि बढेका छौं।’

कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद देखिएको उल्लेख गर्र्दै पार्टीलाई त्यसबाट जोगाउनुपर्ने बताए। उनले पार्टीले अघि सारेको समाजवादको कार्यक्रममा उभिएर जनताको अगुवाको रुपमा लाग्न आग्रह गरे।

Comments

One response to “हरेक उथलपुथलमा लिड गरेर अरूलाई हाम्राे पछि लाग्न बाध्य बनाएका छौं : माधव नेपाल (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    तिमी रूँदै हिडेको देखेका छौं हामीले त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *