सहमतिमा नेतृत्व चयन गरेर कम्युनिष्ट आन्दोलनमा भूकम्प ल्याउँछौँ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट नीति र दृष्टिकोणको आधारमा सहमतिमा नेतृत्व चयन हुने बताएका छन्।

राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै यो महाधिवेशनको सबैभन्दा महत्त्वपूर्ण हुने बताए।

उनले भने, ‘दस्ताबेजहरूमा मूलभूत रूपमा सहमति गरेका छौँ। त्यसभित्र अझै गहन ढंगले छलफल गर्ने नै छौँ। यो महाधिवेशनमा पनि मन्थन हुन्छ। महाधिवेशनले कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्यहरूलाई पारित गर्नेर्छौं। स्वभाविक रूपमा ठूलो लडाइँ गर्नुपर्ने छैन। हामीले नीति र दृष्टिकोणको आधारमा सहमतिको साथमा नयाँ नेतृत्व चयन गर्ने कुरा हाम्रो कार्यभार हो।’

उनले कम्युनिष्ट आन्दोलनको एकताको सुरुआत पनि आफ्नो पार्टीले गर्ने बताए।

उनले भने, ‘दक्षिणपन्थी यथास्थितिवाद जसरी हाबी भइरहेको छ। त्यसका विरुद्ध कम्युनिष्ट आन्दोलनमा एउटा भूकम्प जानेछ। हामी भूकम्प सिर्जना गर्छौँ प्रत्येक पार्टीभित्र अरू पार्टीभित्र जुन खालको अवसरवाद छ त्यसको विरुद्ध भूकम्प ल्याएर रुपान्तरणको सुरुआत गर्नेछ।’

Comments

One response to “सहमतिमा नेतृत्व चयन गरेर कम्युनिष्ट आन्दोलनमा भूकम्प ल्याउँछौँ : झलनाथ खनाल”

  1. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    भूकम्प त 2/3 वर्ष अगाडि नै ल्याएउ त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *