काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आरोही तथा पर्वतारोहण व्यवसायी निर्मल पुर्जासँग आफूले व्यवसायिक कारोबारका लागि प्रस्ताव नगरेको प्रष्टीकरण दिएका छन् ।
नेपाल प्रेसमा निर्मल पुर्जाले आफूमाथि लगाएको आरोप झूटो रहेको भन्दै बजगाईंले आफ्नो होटलमा उनका अतिथि राख्न अनुरोध गरेको र उनले नमानेपछि आफूले संसदमा विरोधमा बोलेको भन्ने दाबी गलत रहेको बताएका हुन् ।
बजगाईंले नेपाल प्रेसमा पुर्जाको दाबीको खण्डन गर्दै भनेका छन्– हाम्रो होटलमा उनीहरुको गेष्ट राख्न मैले गरेको अनुरोध नमानेको हुनाले मैले पुर्जाबारे न्युयोर्क टाइम्समा प्रकाशित समाचारको आधारमा उनको विपक्षमा बोलेको कुरा उनलाई उद्धृत गर्दै नेपाल प्रेसमा छापिएको रहेछ । निर्मल पुर्जाले भने झैं म उनको पुरानो मित्र होइन । पुर्जासँग मैले एकाध कप कफी खायौं होला त्यति हो । न्युयोर्क टाइम्सको समाचारपछि पुर्जालाई हामीले हाम्रो होटलमा राख्नै पनि डर मानेका छौं,उसको गेस्ट त राख्ने कुरा भएन । म नेपाल प्रेसमा उनले लगाएका अरोप पुष्टि गर्न चुनौति दिन्छु ।
पुर्जामाथि विभिन्न आरोप लगाउँदै सांसद बजगाईंले उनको दाबीको खण्डन गरेका छन् । प्रतिनिधिसभा सदस्य बजगाईंले संसदमा पुर्जालाई नेपालमा प्रतिबन्ध लगाउन माग गरेका थिए । त्यसको जवाफमा पुर्जाले प्रेस वक्तव्यमार्फत सांसद बजगाईंले व्यवसायिक काम नभएपछि आफूमाथि संसदबाट आरोप लगाएको बताएका थिए ।
याे पनि पढ्नुस्: सेता हिमालमा कालो धन्दा- अनि शुरु भयो निर्मल पुर्जामाथि हर्कत गन्धा

Leave a Reply