हेटौंडा । पछिल्लो केही दिनबाट बढेको गर्मीपछि हेटौंडाका विद्यालय दुई दिन बन्द हुने भएको छ ।
गर्मीको कारण विद्यार्थीहरुमा स्वास्थ समस्या देखिन लागेपछि हेटौंडा उपमहानगरपालिकाले जेठ ३१ र ३२ गते उपमहानगर क्षेत्रका नीजि तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले सूचना प्रकाशन गर्दै जेठ ३१ र ३२ गते उपमहानगर क्षेत्रका सम्पुर्ण विद्यालय बन्द हुने जानकारी दिएको हो ।
बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडामा पछिल्लो केहिदिनबाट ३५ डिग्री भन्दा धेरै तापक्रम भएपछी अविभावकहरुले विद्यालय बन्द गर्नुपर्ने आवाज उठाएका थिए ।


Leave a Reply