भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा विनोद चौधरीलाई निम्तो

काठमाडौं । भारतीय प्रधानमन्त्रीको रूपमा तेस्रो पटक शपथ लिन लागेको नरेन्द्र मोदीले व्यवसायी तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीलाई निमन्त्रणा गरेका छन् ।

मोदीले आइतबार साँझ सवा ७ बजे प्रधानमन्त्रीको पदको शपथ लिँदैछन् ।

कांग्रेस सांसद चौधरी नेपालका एक मात्रै डलर अरबपति हुन् ।

चौधरीले शपथग्रहण समारोहमा मोदीले आमन्त्रण गरेकोप्रति धन्यवाद व्यक्त गर्दै बधाई दिएका छन् ।

Comments

One response to “भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा विनोद चौधरीलाई निम्तो”

  1. ksp pyl Avatar
    ksp pyl

    विनोद चौधरी, ऋषि धमला, प्रचण्डलाई निम्ता । विचार गरौं को के हो भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *