पत्रकारतिर हेर्दै माधव नेपालले भने- कसलाई हिर्काउनुहुन्छ भनेर आउनुभएको होला, जिब्रो चिप्लाउनेवाला छैन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मिडियाहरू क्यामेरा लिएर आफ्नो भाषण सुन्न नआएको भन्दै व्यङ्ग्य गरेका छन्।

देवशंकर पौडेलको लिखुसँग आत्मसमर्पण विमोचन कार्यक्रमलाई सम्बोधनको मिडियाहरू क्यामेरा बोकेर आफूले कसलाई हिर्काउँछ र समाचार बनाउन पाउँछु भनेर आएको भन्दै व्यङ्ग्य गरे।

उनले भने, ‘यो क्यामेरा देख्दै हुनुहुन्छ नि मेरो भाषण सुन्न आएको होइन। कति बेला चिप्लाउनुहुन्छ त्यही कुरालाई न्युज बनाउन खोजेको। कसलाई हिर्काउनुहुन्छ त्यसैलाई न्युज बनाउने भनेर आउनुभएको छ। म त बुझ्दछु नि सबै कुरा। तर, जिब्रो चिप्लिनेवाला छैन।’

उनले राष्ट्रिय राजनीतिका विषयमा आफूले संकेत मात्रै गर्ने बताउँदै विचार पुर्‍याएर चल्नुपर्ने बताए। उनले अहिलेको राजनीतिमा सबैभन्दा धेरै बिग्रिएको भ्रष्टीकरणको कारणले बिग्रिएको उल्लेख गरे।

उनले थपे, ‘नेताहरु पनि बिग्रिएका छन् भ्रष्टाचारले, कार्यकर्ता र देश पनि बिग्रिएको छ भ्रष्टाचारले, समाज विकृति र विसंगतिले बिग्रिएको छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *