जसपा नेपालको केन्द्रीय समिति निर्वाचन कार्यतालिका तयार, ३० गते मतदान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार भएको छ ।

केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

उनका अनुसार केन्द्रीय निर्वाचन तदर्थ समितिको कार्यतालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित हुनेछ ।

जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयन पत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने छ । त्यसै दिन ४ बजेसम्म सोउपर निर्णय गरिने छ ।

उम्मेदवारको नामावली नेपाली वर्णानुक्रमअनुसार प्रकाशित बेलुकी ५ बजेसम्म र ५ देखि ८ बजेसम्म मनोनयन फिर्ता लिने कार्य हुने छ। जेठ २९ गते राति ८ बजेदेखि १० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुने उनले बताए। केन्द्रीय समितिको निर्वाचन सम्पन्न भएपछि सबै पदको लागि मतगणना एकै पटक हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *