प्रधानमन्त्रीले विश्वासको मत लिएपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीको प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि भोलि बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरिएको सभामुख देवराज घिमिरेले बताए।

प्रधानमन्त्रीले विश्वासको मत लिने बाहेकको बाँकी आजको कार्यसूची हटाएर सभामुखले बैठक स्थगित गरेका छन्।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा सभामुखले प्रक्रिया अगाडि बढाएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *