कांग्रेसलाई रास्वपाको प्रश्न- मागअनुसारकै समिति बनाउन तयार भइसकेपछि किन नाराबाजी ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कांग्रेसले छानबिन समिति बनाउन नचाहेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बैठकमा कांग्रेसका नाराबाजीपछि संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरू गृहमन्त्री रवि लामिछानेको नाम राखेर समिति बनाउन तयार भइरहेको बताए।

उनले भने, ‘बिहान समिति बनाउनुभएको भए हुन्थ्यो। समिति बनाउन कति समय लाग्छ र ? दुई घण्टामा मत बनिहाल्छ, टीओआरको ड्राफ्ट हिजोसम्म बनेकै थियो। नाम लेख्ने कि नलेख्ने भन्ने कुरा हो ? सत्ता पक्ष र प्रतिपक्षलाई समितिमा बस्ने मान्छेको नाम पठाउनुस् भनेपछि आधा घण्टाको काम हो। गर्न चाहने हो भने। हामीले हिजो भनेको समयदेखि १५ /२० घण्टा भइसक्यो तर उहाँहरूले बनाउने तदारुकता देखाउनुभएको छैन।’

अहिलेसम्म संसदीय समिति बनाउँदा व्यक्तिको नाम नलेखिएपछि पार्टी सभापतिले तयार भएर कांग्रेसलाई हिजो सदनबाटै भनिसकेको बताए।

उनले भने, ‘उहाँहरूले माग गरेपछि हामीले स्वीकारिसक्यौं। अब उहाँहरूले त काम गर्ने हो। त्यसको लागि टीओआर बनाउने, समितिको सदस्य छानेको काम थाल्ने हो। हामीले सबै चिजको जिम्मा दिइसकेको छौँ। हामी सबै कुरामा तयार भएपछि काम गर्न छाडेर किन नाराबाजी गर्दै हुनुहुन्छ ?’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *