लिङ्देनको ब्रिफिङ- राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रूपमा स्थापित भइसक्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको बैठकमा हालै काठमाडौं केन्द्रित जनप्रदर्शनको समीक्षा भइरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

बैठकको सुरुआत गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट केही घाइते हुने दुखद घटना भए पनि समग्रमा प्रदर्शन सफल भएको भएको ब्रिफिङ गरे।

पार्टी र एजेन्डाको पक्षमा सकारात्मक सन्देश गएको र राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रूपमा स्थापित भएको जिकिर उनले गरे।

अहिले कार्यसम्पादन समिति सदस्यहरूले आफ्नो धारणा दिने क्रम जारी रहेको बताए।

Comments

One response to “लिङ्देनको ब्रिफिङ- राप्रपा अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रूपमा स्थापित भइसक्यो”

  1. S.K prasai Avatar

    राप्रपा नेपाल र नेपाली को भविष्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *