हाम्रो आचरण यस्तो छ, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा गए देश लुटेर लगिदिन्छन् : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समाजवादको बाटोमा जान संविधान बाधक भए त्यसलाई पन्छाएर अघि बढ्नुपर्ने बताएका छन्।

समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सम्झौता र शक्ति सन्तुलनको बिन्दु भएको बताए।

निर्वाचनको विकृतिलाई अन्त्य गर्ने विषयमा एउटा ठोस निष्कर्षमा पुग्नुपर्ने उल्लेख गर्दै नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान नहुने बताए।

उनले भने, ‘यो निर्वाचनको विकृतिलाई कसरी नियन्त्रण गर्ने ? यसको निम्ति कुनै प्रत्यक्ष निर्वाचनको परिपाटीले टुङ्गो लगाउँदैन। प्रत्यक्ष प्रणालीले निर्वाचनको कार्यकारीको टुङ्गो लगाउने भए अमेरिकामा राष्ट्रपतिको चुनाव भइरहेको छ, त्यो हेर्नुस् त। केही समय पहिला भएको फिलिपिन्समा चुनावको स्थिति हेर्नुस् त। अब हुन गइरहेको दक्षिण अफ्रिकाको राष्ट्रपतिको चुनाव हेर्नुस् त। हाम्रो आचरण यस्तो छ। हामी जस्ता यस्तै खालका मान्छेहरू राष्ट्रपति भयो भने त यो देशको सबै लुटेर लगिदिन्छन्। अनि कुरा उठाउनेहरूलाई गोदेर कहाँ पुर्‍याइदिने हो।’

चुनावको प्रणालीमा मुख्य समस्या भएको उल्लेख गर्दै अघि बढ्नका लागि संविधान सहयोगी र बाधक नबन्ने उनको भनाइ छ।

Comments

One response to “हाम्रो आचरण यस्तो छ, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा गए देश लुटेर लगिदिन्छन् : माधव नेपाल (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    यिनले कहिल्यै जित्ने होईन । अनि जे भने पनि भयो । बालेनजस्ता आएर देशको मुहार फेर्छन् । तिमीजस्ता १० सिटेले घुर्की लगाएर खाने दिन जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *