काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले नेटोलाई आक्रमण गर्ने कुरा बेतुक भएको बताएका छन् ।
रुसी विश्व च्यानल आरटीका अनुसार पुटिनले बुधवार यस्तो बताएका हुन् ।
पश्चिमा देशहरूले युक्रेनमा सहयोग बढाउन नेटोमा रुसले आक्रमण गर्न लागेको डंका पिटेको उल्लेख गर्दै पुटिनले भनेका छन्, ‘यो सबै बेतुक हो ।’
पुटिनले अमेरिकी भेसल स्टेटहरुलाई आक्रमणको कुनै योजना नभएको बताएका छन् ।
रुसको तेभर क्षेत्रको तोर्सोक क्षेत्रमा रहेको सैन्य आधार क्षेत्रमा पुगेर पुटिनले यस्तो बताएका हुन् ।
आरटीका अनुसार तोर्सोक क्षेत्र रुसी आक्रमणकारी पाइलटहरूको तालिम क्षेत्र हो ।

Leave a Reply