तेह्रथुम-काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा लिम्बु सर्वसम्मत चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) तेह्रथुम-काठमाडौं सम्पर्क समन्वय समिति प्रदेश एकको भेला सम्पन्न भएको छ । शनिबार ललितपुरको ताल्छिखेलामा आयोजित भेलाले दिलिप लुम्फुङ्वा (लिम्बु)लाई तेह्रथुम-काठमाडौं सम्पर्क समन्वय समिति प्रदेश एकको अध्यक्षमा सर्वसम्मत चयन गरेको हाे ।

भेलाले कार्यसमितिको उपाध्यक्षमा केदार सापकोटा र मथुरा मगर, सचिवमा तुल्सी रम्तेल, सहसचिवमा प्रकाश कुरुम्वाङ र सुदिप बर्देवा र कोषाध्यक्षमा बालकुमारी लुम्फुङ्वा चयन गरेकाे छ । यस्तै कार्यसमिती सदस्यमा रमन इस्पो, देबिन्द्र कुरुम्वाङ, भुपेन्द्र रसाइली र दिलकुमार लिम्बु सर्वसम्मत चयन भएका छन् ।

नवगठित तेह्रथुम-काठमाडौं सम्पर्क समन्वय समिति प्रदेश एकका अध्यक्ष लिम्बुले समितिको यो कार्यकाल सफल र परिणाममुखी बनाउन कार्यसमितका सम्पूर्ण सदस्य एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।

भेलामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य होमकुमारी खापुङले सम्पर्क समन्वय समिति तेह्रथुम-काठमाडौं जोड्ने पुल भएको भन्दै यसले काठमाडौंवासी र तेह्रथुमवासी जनतालाई व्यक्तिगत, सामाजिक, आर्थिक, सास्कृतिक र राजनीतिक रुपमा जोड्नुपर्ने बताईन । नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै उनले अघिल्ला कार्यसमितिले भन्दा फरक ढंगले काम गर्ने विस्वास व्यक्त गरिन् ।

भेलामा नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश एक कमिटी सदस्य तथा तेह्रथुम- काठमाडौं सम्पर्क समन्वय समिति ईन्चार्ज तेजेन्द्र कुरुम्वाङले भेलाको आवश्यकता र महत्वबारे स्पष्ट पारेका थिए ।

कार्यक्रममा, सम्पर्क समन्वय समिति प्रदेश एकका सचिव नन्द वनेमले नया कार्यसमितिले रचनात्मक काम गर्नुपर्नेमा जोड दिदै “तेह्रथुम- काठमाडौं सम्पर्क समन्वय समिति” समिति मात्र नभएर सिङ्गो पार्टीको “पार्टी कमिटी” भएको भन्दै यो समितिले त्यसै अनुसार काम गर्नु पर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *