अनेरास्ववियु बाँकेको अध्यक्षमा प्रकाश विश्वकर्मा सर्वसम्मत

रूपन्देही । अनेरास्ववियु बाँकेको २० औं जिल्ला अधिबेशनबाट प्रकाश बिश्वकर्मा अध्यक्षतामा सर्वसम्मत निर्वाचित हुनु भएको छ । अधिवेशनबाट ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ ।

कमिटीको उपाध्यक्षमा अमृत खत्री र रोशन शाही, सचिवमा बिनय यादब सह सचिवमा सिर्जना मल्ल, सर्जन आचार्य, कृष्ण चन्द र केशर शाही र कोषाध्यक्ष बर्सा मल्ल चयन भएका छन्।

अनेरास्ववियु बाँकेका तत्कालीन जिल्ला कमिटी अध्यक्ष दिनेश केसी केन्द्रीय कमिटीमा निर्वाचित भएपछि करिब एक वर्षसम्म आयोजक कमिटीको संयोजक भएर नवनिर्वाचित अध्यक्ष विश्वकर्माले संगठनको नेतृत्व गर्दै आएका थिए । करिब २ दशक बाँके जिल्लामा विद्यार्थी राजनीतिमा क्रियाशील छन् ।

करिब एक वर्षमा संयोजकको भुमिका रहेर जिम्मेवारी निर्वाह गरेको अनुभव र विगतको साँगठनिक अनुभवले अब बाँके जिल्लामा विद्यार्थी हक, अधिकारी र सामाजिक परिवर्तन आफुले संगठनको विधि परिधिभित्र रहेर काम गर्ने उनले बताए ।

उनी संयोजक भएकै समयमा अनेरास्ववियुले बाँके जिल्लामा ५ वटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा ३ वटामा अध्यक्षसहित बहुमत र एक क्याम्पसमा अध्यक्ष बाहेक बहुमतसहित निर्वाचित भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *