आईसीसी लेभल टू कोर्समा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल पहिलो, गौचन र प्राजु पनि उत्तीर्ण

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व खेलाडी शक्ति गौचनसहित तीन जनाले आईसीसी लेभल टु कोर्स उत्तीर्ण गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सिंगापुरमा सञ्चालित कोर्समा मल्ल पहिलो भएका छन्।

ज्ञानेन्द्र हालै सम्पन्न प्रधानमन्त्री कप क्रिकेटमा एपीएफको प्रशिक्षक थिए। प्राजु गण्डकी प्रदेशका प्रशिक्षक हुन्। शक्ति भैरहवामा एकेडेमी सञ्चालन गरिरहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *