फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी कानून नल्याए सिंहदरबार घेर्छौं : महामन्त्री शर्मा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् ।

शनिवार बागमती प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका मागहरू पूरा गर्न आग्रह गरे ।

उनले काँग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानून आएन भने महासमितिको बैठकबाट निर्णय गरेर काँग्रेसले सिंहदरबार घेर्ने बताए । उनले प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याइँ नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे ।

महामन्त्री शर्माले रुस—युक्रेनको सेनामा अवैधानिक रूपले नेपालीहरूलाई पुर्‍याउनेहरुलाई कारबाही गर्नुपर्ने बताए । उनले युद्धमा मृत्यु नेपालीहरूको शव गनेर बसेर मात्रै राज्यको कर्तव्य पूरा नहुने भन्दै त्यहाँका राजदूतलाई कुरा गरेर वा सम्बन्धित निकायहरूसँग कुरा गरेर यस विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरे ।

उनले त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशकको विषय चर्चामा रहेको भन्दै राजनीतिक भागबन्डा नभई योग्य व्यक्तिको नियुक्ति हुनुपर्ने बताए ।

Comments

One response to “फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी कानून नल्याए सिंहदरबार घेर्छौं : महामन्त्री शर्मा (भिडिओ)”

  1. गोकुल लामिछाने Avatar
    गोकुल लामिछाने

    प्रदेश बलियो बनाउने होइन महाशय प्रदेश खारेज गर, तिमी हरु को कार्यकर्ता पाल्न लाइ ढुकुटी रित्तो पार्ने कार्य नेपाली जनता लाइ मान्य हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *