तरलता व्यवस्थापन गर्न राष्ट्र बैंक २५ अर्ब रुपैयाँ तान्दै

काठमाडौं । बजारमा अधिक तरलता भएसँगै नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तान्न लागेको छ।

आज बिहीबार तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १४ दिनका लागि २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको हो। जसामा इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । त्यस्तै, साँवा र ब्याज भुक्तानी मिति पुस ५ गते निर्धारण भएको छ । भने, ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ जनाइएको छ ।

अघिल्लो दिन बुधबार मात्रै बजारबाट राष्ट्र बैंकले १० अर्बको रुपैयाँ तानेको थियो भने, मंसिर १७ गते १० अर्ब निक्षेप तानिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *