अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित कृषि सम्बन्धी स्थलगत तालिम

प्युठान ।अवकाश प्राप्त प्रहरी कर्मचारी तथा अमर शहिद प्रहरी परिवारका निमित्त एक दिवसीय कृषि सम्बन्धी तालिम सम्पन्न भएको छ ।
तालिम प्यूठान नगरपालिका-९ मरन्ठानास्थित वडा कार्यालयको सभाहलमा शुक्रबार सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठान, एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई प्युठानको संयुक्त आयोजनामा सीपमूलक एवम् व्यवसायिक तालिम, सहज पारिवारिक वातावरण तयार गर्ने हेतूले र अवकाश प्राप्त प्रहरी कर्मचारी, अमर शहिद प्रहरी परिवारलाई मनोसामाजिक स्वास्थ्य प्रवर्द्धन र आर्थिक सबलीकरण गरी मनोबल अभिवृद्धि गर्नका लागि उक्त तालिम संचालन गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले सामूहिक सहकार्यले अवकाश प्राप्त प्रहरी कर्मचारीहरू तथा अमर शहिद प्रहरी परिवारको पारिवारिक जीवनमा सुधार हुने, शारीरिक मानसिक रूपमा स्वस्थ रहन सहयोग पुग्नुका साथै उत्पादन र आर्थिक रूपमा समेत टेवा पुग्ने बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई प्युठानका कार्यालय प्रमुख चुमान सिंह गिरी, एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख उमेश चन्द्र श्रेष्ठले आ(आफ्नो मन्तव्य व्यक्त गर्नुको साथै सहभागीहरूबाट उठेका जिज्ञासा र सवालहरूको जवाफ दिएको थियो ।

सो अवसरमा प्युठान नगरपालिका(२ का वडाध्यक्ष तथा नेपाल पूर्व प्रहरी संघ प्युठानका जिल्ला अध्यक्ष मोहन सिंह बिष्ट, प्यूठान नगरपालिका-९ का वडाध्यक्ष विकास केसी र पूर्व वडा अध्यक्ष नेयर सिंह केसीले समेत आ(आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्युठानले महिला लक्षित तरकारी उन्नत बीउ किट अमर प्रहरी परिवारका महिलाहरूलाई जनही १र१ थान वितरण गर्नुका साथै उपस्थित सम्पूर्णलाई रातो मुलाको बीउ र आलुमा छर्ने कीटनाशक औषधि वितरण गरी सोको प्रयोग गर्ने तरिका सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *