लैँगिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु

चितवन । हरेक वर्ष विश्वव्यापी रूपमा मनाइँदै आएको लैँगिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ ।

महिला बालबालिकामाथि हुने हिंसा विरुद्धको १६ दिने अभियान यस वर्ष महिला तथा बालबालिकामाथिको हिंसा नियन्त्रण गर्न एक भएर लगानी गरौँ भन्ने मूल नाराका साथ विश्वव्यापी रूपमा मनाइन लागिएको हो ।

सन् १९९१ बाट यो दिवस मनाइन थालिएको हो । नेपालमा भने यस वर्षको नारा लैँगिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानी ऐक्यबद्धता रहेको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैँगिक हिंसा विरुद्धको अभियान मनाइने गरिन्छ ।

हरेक वर्ष लैँगिक हिंसाको विरुद्धमा कार्यक्रमहरू हुने भए पनि नेपालमाथि महिला तथा बालबालिका माथि हुने हिंसा भने घटेको देखिँदैन ।

राष्ट्रिय जानसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार नेपालका १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये २३ प्रतिशत महिलाले १५ वर्षको उमेरदेखि नै घरेलु हिंसा भोग्ने गरेका छन् । भने अधिकांश हिंसा विवाहित महिलाले भोग्ने गरेका छन् । हिंसा भोग्ने मध्ये ८० प्रतिशत हाराहारीको हिंसा परिवार भित्रैबाट हुन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *