माओवादीको आधार इलाकामा एमाले दस्ताको सक्रियता (तस्बिरहरु)

रुकुम पश्चिम । रुकुम पश्चिम माओवादी केन्द्रको आधार इलाका हो । यहाँ सबै भन्दा बलियो माओवादी केन्द्र त्यसपछि कांग्रेस छ भने एमाले कमजोर अवस्थामा रहेको छ ।

एमाले बलियो बन्दै गइरहेका अवस्थामा २०५५ फागुन २१ गते एमाले रुकुमका तत्कालीन सचिव तथा प्रतिनिधिसभाका उम्मेदवार यदु गौतमको माओवादीहरूले घाँटी काटेर हत्या गरे ।

त्यसपछि यहाँ एमाले बलियो हुन नसकेको उक्त घटना देख्ने बुझ्ने बताउँछन् । यदु गौतमको हत्या गरिएको २५ बर्ष पछि त्यहि ठाउँमा आएको भूकम्पमा एमालेको सक्रिय माओवादी केन्द्र र अन्य पार्टी भन्दा धेरै ठुलो र जिम्मेवार देखिएको छ ।

रुकुम पश्चिममा १ प्रतिनिधि सभा दुई प्रदेश सभा ६ स्थानीय तह, ७३ वडा छन् । सङ्घ , प्रदेश र स्थानीय तहको प्रमुख उपप्रमुख अध्यक्ष तथा उपाध्यक्षमा एमालेको उपस्थिति शून्य छ । ७३ वडा मध्ये एमालेले २ वडाध्यक्ष मात्रै जितेको छ ।

प्रतिनिधिसभामा माओवादीका जनार्दन शर्मा निर्वाचित हुँदा दुबै प्रदेशमा माओवादीका महेन्द्र केसी र राजकुमार शर्मा विजयी भएका हुन् । माओवादीको जनमत बढि भएको क्षेत्रमा अहिले माओवादीकै उपथिति भने कमजोर भएको छ ।

१७ गते राति शुक्रवार राति ११ः४७ मा जाजरकोट बारेकोट रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प आयो । भूकम्पका कारण ५३ जनाको पश्चिम रुकुममा मृत्यु भएको छ भने २०२ जना घाइते भएका छन् ।

यहाँ पूर्ण रुपमा १६ हजार ५७० घर क्षति भएको छ भने आंक्षिक घरहरू ९ हजार ९६१ क्षति भएको छ ।

पश्चिम रुकुमबाटै प्रतिनिधि सभामा निर्वाचित जनार्दन शर्मा पूर्व अर्थमन्त्री हुन् । प्रदेश सभा २ बाट निर्वाचित राजकुमार शर्मा कर्णाली प्रदेशका मुख्यमन्त्री छन् ।

तर, पनि यहाँका नागरिकहरूले अहिले सम्म राहत र क्षतिपूर्ति पाउन सकेका छैनन् । ढलेका घरहरू पनि अहिले सम्म पुर्न निर्माण हुन सकेको छैन ।

यता माओवादी निष्क्रिय भएको आरोप लागिरहेको बेला एमालेले भने माओवादीको आधार इलाकामा पुर्न निर्माणलाई तीव्रता दिएको छ ।

विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेल नेतृत्वको दस्ताले विगत पाँच दिन देखी जाजरकोट र रुकुममा पुनर्निर्माण तथा भग्नावशेष व्यवस्थापन गरिरहेको छ ।

माओवादीको आधार इलाका रुकुम पश्चिममा मात्रै एमालेका ४ सय स्वयंसेवक खटिएका छन् । उनीहरुले यहाँ अहिले सम्म सय भन्दा बढि घर पुर्न निर्माण गरिसकेका छन् ।

‘सरकारको आभास नभएको ठाउँहरू पनि रहेछन्, यहाँ निर्वाचन जित्न जनतालाई सस्तो आश्वास बाढ्ने जितेपछि केही नगर्ने गरेको गुनासो स्थानीयले गरे ’, स्वयंसेवक दस्ताका प्रमुख पौडेलले भने ‘ अहिले हामी पुनर्निर्माणमा खटिदा एमाले जनताको सुख दुखको साथी हो भन्ने जनताले बुझे। ’

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ४ मा पुर्न निर्माणमा खटिएका एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मीन बहादुर सिंहले पनि माओवादीको आधार इलाकामा माओवादीबाटै त्यति चासो नदिएको स्थानीयले बताइरहेको जनाए ।

‘हामी निरन्तर पुनर्निर्माणमा लागिरहेका छौँ’, उनले भने ‘ यो माओवादीको आधार इलाका हो भन्छन् तर जनताले अहिले समस्यामा त्यो आभास गर्न पाएका छैनन् । हामी निरन्तर पुर्न निर्माण खटिएका छौँ ।’

माओवादी पश्चिम रुकुमका अध्यक्ष नन्दराम देवकोटाले पनि भूकम्प प्रभावित क्षेत्रमा एमालेले सक्रिय रुपमा जनताको घरहरू निर्माण गरिहरेको बताए ।

उनले एमालेले खटाएका स्वयम सेवक दस्तामा रहेका युवाहरू अहिले आफ्नै खर्चमा ढलेका घरहरू उठाउन लागेको बताए ।

‘रुकुम पश्चिममा अहिले हामी ढलेका घरहरू उठाउने अभियानमा छौँ जनताले पनि हामीलाई र हाम्रो पार्टीलाई बुझ्ने मौका पाउनु भएको छ‘, उनले भने, ‘यो कसको आधार इलाका हो भन्दा पनि यहाँ कसले जनतालाई दुखमा साथ दिएको छ भन्ने कुरा महत्त्वपूर्ण हो । ‘

माओवादीको आधार इलाकामा भग्नावशेष व्यवस्थापन पुर्न निर्माणमा खटिएका एमालेका युवा दस्ता उत्साहित देखिएको छ ।

यहाँ २५ जनाको दरले ४० समूहमा विभिन्न स्थानमा भग्नावशेष व्यवस्थापन र पुनर्निर्माणको काम भइरहेको छ ।

 

 

Comments

4 responses to “माओवादीको आधार इलाकामा एमाले दस्ताको सक्रियता (तस्बिरहरु)”

  1. nagendra Avatar
    nagendra

    जनताको सही साथी, देशको पहरेदार अनी उन्नतिको बाहक एमाले हो र एमाले मात्र हो भन्ने बुझ्नु जरुरी छ : ढिलाई नहिस त्यसमा 🙏🏻🌹

  2. dhaka ram sapkota Avatar
    dhaka ram sapkota

    अन्य मुलधार छेउधारका मिडियाहरुमा त यो समाचार अाएकै छैन त

  3. नन्दु उप्रेती Avatar
    नन्दु उप्रेती

    रुकुम जाजरकोट :
    जनताको दु:ख सुखको साथी हो है एमाले
    जनताको सेवक पार्टी जनताकै एमाले 🌹
    काठमाडौँ :
    जनताको मनबाट टाढा पर्ला एमाले ?
    एमालेकै सुण्डमुसुण्ड धोस्त्याउदैछन् एमाले !

  4. Mukti Ram Subedi Avatar
    Mukti Ram Subedi

    दुःखमा साथ दिनु राम्रो हो तर प्रचार र देखाउन कै लागि मात्र नहोस् । नेपालमा पार्टी भन्ने कुनै छैनन् । केबल कुन झुन्ड हो भन्ने मात्रै हो । पार्टी हुन सिद्धान्त, बिचार, योजना, कार्यक्रम र रणनीति हुनुपर्छ । राजावादीसँग मिलेर चुनाव लड्छन् । कांग्रेससंग मिलेर चुनाव लड्छन् । कहिले कम्युनिस्ट हौ भन्ने बिचमा मारामार गर्छन् त्यसैले देशमा पार्टी होइन । अवसरवादी झुन्ड मात्रै छन् । तर पनि दुःखको समयमा जनतालाई साथ दिएकोमा धन्यवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *