घोराही । चोरी अभियोगमा पक्राउ परेर फरार रहेका कैदीलाई प्रहरीले समातेको छ । घोराही १८ स्थित रझेना विद्यालय आसपास नजिकैबाट लुकिछुपी बसेको अबस्थामा फरार रहेका घोराहीका विवेक नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख रामबहादुर केसिले बताए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल चेकजाचका लागि प्रहरीले ल्याएको बेला नेपालि कैदी फरार भएका थिए । प्रतिष्ठानमा उपचार गर्न आएका कैदी शौच गर्न शौचालय जाने भएपछि प्रहरीले हत्कडि खोलेपछि उनि फरार भएका हुन् । मोबाइल चोरेको भन्दै तीन दिनअघि प्रहरीले पक्राउ गरेका दाङ घोराहीका विवेक नेपाली स्वास्थ्य परीक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका बेला भागेका हुन् ।
शौचालय जान्छु भनेका नेपाली भागेपछि खोजी कार्यका लागि व्यापक प्रहरी परिचालन गरिएको थियो ।

Leave a Reply