२७ रन बनाएर आउट भए आसिफ, ८४ रनमा नेपालले गुमायो पहिलो विकेट

काठमाडौं । विश्वकप छनोटअन्तर्गत सिंगापुरविरुद्ध १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले ८४ रन जोडेपछि पहिलो विकेट गुमाएको छ ।

आसिफ शेख २७ रन जोडेर आउट भए । १०औं ओभरको पहिलो बलमा आसिफ अक्षय पुरीको बलमा बोल्ड आउट भएका हुन् ।

कुशल भुर्तेल ५४ रनमा खेल्दैछन् । आशिफको ठाउँमा कप्तान रोहित पौडेल मैदानमा आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *