दशैंको बजार हिँडेका एकै परिवारका पाँच जना अटो दुर्घटनामा, एक जनाको मृत्यु

रूपन्देही । दाङको बंगलाचुीमा अटो दुर्घटना हुँदा एक वृद्धाको ज्यान गएको छ । दुर्घटनामा परी एकै घरका चार जना घाइते भएका छन् ।

बंगलाचुली गाउँपालिका वडा नम्वर ५ झेलखोल भन्ने स्थानमा रा १ ह २४०१ नम्वरको अटो दुर्घटना हुँदा सोही ठाउँ निवासी ५५ वर्षीया विवा बुढा मगरको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय कमिरेचौरका प्रमुख प्रहरी सहायक निरीक्षक सहदेव योगीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी बंगलाचुली गाउँपालिका वडा नम्वर ५ झेलखोल निवासी एकै परिवारका वर्ष ३६ का मतिराम बुढा,वर्ष ३० का ऋखिराम बुढा, वर्षा ४० का मान बहादुर बुढा र वर्ष २६ का हिरा घर्ती घाइते भएका छन् ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको प्रहरी सहायक निरीक्षक योगीले जानकारी दिए । उनीहरु झेलखोल गाउँबाट बंगलाचुली ५ मा रहेको मुर्कुटी बजारतर्फ आउँदै गर्दा अटो दुर्घटनामा परेको हो । अटो सडकबाट झण्डै एक किलोमिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

अटो मध्यान्न सवा १२ बजेको समयमा दुर्घटना भएको हुन सक्ने अनुमान गरीएको छ । अटोका चालक प्युठान माण्डवी गाउँपालिका २ वडार निवासी वर्ष ४० का गेम बहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *