पत्थरीको अप्रेसनका गर्न आएका बिरामीको मृत्यु, चिकित्सकले लापरबाही गरेको आरोप

कैलाली । पत्थरीको अप्रेसनका गर्न आएका कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिव नगरका ५५ वर्षीय ऐजनलाल चौधरीको उपचारको क्रममा मृत्यु भएको छ ।

पत्थरीको अप्रेसनका क्रममा अत्यधिक रक्तस्राव भएको थियो । चिकित्सकले मिर्गौला फाल्नु पर्ने बताएको र त्यसपछि फेरि अप्रेसन गरिएको पारिवारिक श्रोतले जनाएको छ । त्यस क्रममा उनको मृत्यु भएको राजकुमार चौधरीले बताए ।

चौधरीको दुवै मिर्गौलामा पत्थरी रहेको थियो । धनगढीस्थित स्वस्तिक मल्टिस्पिसियालिटी अस्पताल प्रालिमा शुक्रवार भर्ना गरिएका चौधरीको उपचारमा चिकित्सकले लापरबाहीका गरेको उनका आफन्तहरूले बताइरहेका छन् ।

अस्पतालका अध्यक्ष महेश जोशीले अप्रेसनका क्रममा अत्यधिक रक्तस्राव भएको र बायाँ मिर्गौला झिक्नु परेको बताए । ‘बिरामीको मृत्यु भइसक्यो, हामीले आफन्तलाई पनि भनिसक्यौँ,’ जोशीले भने ।

अहिले मृतकका आफन्तहरूले घटनाको छानबिन गरी लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गरेका छन् ।

अस्पताल अध्यक्ष जोशीले पनि घटना बारे छानबिन हुने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *