विराटनगर । सशस्त्र प्रहरीले झापाको मेचीनगरबाट सालको गोलिया काठ बरामद गरेको छ ।
मेचीनगर १ स्थित कृष्णथुम्कीबाट सशस्त्र प्रहरीबल न। २ ले ५ सय क्युफिट सालको काठ बरामद गरेको हो ।
गणपति देवराज अर्याल नेतृत्वमा खटिएको ७ जनाको मोबाइल टोलीले अवैध रुपमा काठ सहितको २ वटा ट्र्याक्टर समेत बरामद गरेको छ ।
उक्त स्थानमा अन्य जातका २०० क्यूफिट काठ र करिव १ ट्रक साल र अन्य जातका लाथ्रा फेला परेकोले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । ब
रामद सालको गोलिया काठ र २ वटा ट्रयाक्टर आवश्यक कारवाहिको लागि जिल्ला डिभिजन वन कार्यालय चन्द्रगढिलाई बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply