कर्णालीका १४ वटा हिरासतमा पुस्तकालयको स्थापना गरिँदै

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका १४ वटा हिरासतमा पुस्तकालय स्थापना गरिने भएको छ ।

जिल्लाका जिल्ला प्रहरी कार्यालय र इलाका कार्यालयमा १५ दिनभित्र पुस्तकालय स्थापना गरिने कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए ।

कारागारमा रहेका कैदीहरुलाई अध्ययनशील, कारागारको समयलाई समेत उत्पादनशील र अध्ययन तथा ज्ञानवर्दक शिक्षाका लागि पुस्तकालयको स्थापना गरिन लागेको महानिरीक्षक ढकाल बताए ।

‘अब काररागारमा एक कोठामा पुस्तकालय हुने छ । पुस्तकालयमा विभिन्न खाले पुस्तकालय पढ्न पाइनेछ’, ढकालले भने, ‘कारागारलाई किताब अभियानबाट प्रभावित भएर पनि यस्तो अभियान थालेको छौँ ।’

साथै, कर्णाली प्रदेशमा कारागारलाई किताब अभियानको गठन गरिएको छ । उक्त अभियानमार्फत यो भन्दा पहिला ४० हजार भन्दा बढी पुस्तक हस्तान्तरण गरिसकेको समितिको उप–संयोजक ज्योति कटुवालले जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *