म्याक्स मनी मलेसियासँगको रेमिट्यान्स कारोबारमा राष्ट्र बैंकले लगायो प्रतिबन्ध

काठमाडौं । नेपाल राष्ट्र बैंकले म्याक्स मनी एसडीएन विएचडी मलेसियासँगको रेमिट्यान्स कारोबारमा प्रतिबन्ध लगाएको छ । सो कम्पनीले रेमिट्यान्स कारोबार गरेबापत नेपाली इजाजतप्राप्त कम्पनीलाई भुक्तानी नगरेको भन्दै कारोबारमा प्रतिबन्ध लगाएको हो ।

यसअघि पनि २०७५ मंसिर १२ गते र फागुन २ गतेको परिपत्रमार्फत सो सँस्थासँग कारोबार गर्न प्रतिबन्ध लगाउँदा उक्त संस्थाले आंशिक मात्र भुक्तानी गरेको थियो । यसैले राष्ट्र बैंकले २०७६ माघ ५ गते प्रतिबन्ध फुकुवा गरेको थियो ।

तर पनि म्याक्स मनीले केन्द्रीय बैंकको शर्त पालना नगरेको र रकम भुक्तान नगरेको भन्दै फेरि कारोबारमा प्रतिबन्ध लगाएको छ ।

अर्को व्यवस्था नभएसम्म नेपालका बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स कम्पनी, अन्य इजाजतपत्र निकाय तथा व्यक्तिले म्याक्स मनीसँग बक्यौता लिनेबाहेक अन्य कुनै पनि कारोबार नगर्न केन्द्रीय बैंकले भनेको छ ।

म्याक्स मनीले नेपालीहरुसँग मलेसियामा रकम संकलन गरेर अन्य मल्टी करिडोरमार्फत त्यस्तो रकम पठाउने कार्यमा तेस्रो पक्षबाट प्रोसेसिङ भएको रकमसमेत स्विकार गर्ने तथा भुक्तानी गर्न नहुने गरी रेमिट्यान्स कारोबारको प्रबन्ध मिलाउन केन्द्रीय बैंकले आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *