प्रधानमन्त्री पत्नीको निधनप्रति चिनियाँ कम्युनिष्ट पार्टीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले दुःख व्यक्त गरेको छ।

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले शोक मन्तव्य जारी गर्दै दुःख व्यक्त गरेका हुन्।

दाहालले एक महत्त्वपूर्ण नेताका रूपमा काम गरेको उल्लेख गर्दै आफूहरूको निमन्त्रणामा चीन भ्रमण समेत भएको स्मरण गरेको छ।

दाहालको बुधवार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।

Comments

One response to “प्रधानमन्त्री पत्नीको निधनप्रति चिनियाँ कम्युनिष्ट पार्टीद्वारा दुःख व्यक्त”

  1. Tilak Avatar

    without signature

Leave a Reply

Your email address will not be published. Required fields are marked *