काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको खेलमा नेपालविरुद्ध २६९ रनको लक्ष्य पछ्याइरहेको आयरल्यान्डले लयमा रहेका ह्यारी टेक्टरलाई गुमाएको छ ।
सन्दीप लामिछानेले टेक्टरलाई व्यक्तिगत ६० रनमा आउट गरे ।
आयरल्यान्डले २६ ओभरमा ५ विकेट गुमाएर १३४ रन जोडेको छ । करण केसीले २ तथा गुल्सन झा र किशोर महतोले एकएक विकेट लिएका छन् ।

Leave a Reply