थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसमा शैक्षिक शुल्क डिजिटल प्रणालीमार्फत

काठमाडौं । एनआईसी एशिया बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसका विद्यार्थीले हरेक शैक्षिक शुल्कहरू डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न प्रणालीको शुरुवात गरेको छ ।

बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग डिजिटाइजेसन गर्ने विषयमा छुट्टाछुट्टै समझदारी गरेको हो ।

सम्झौता अनुसार क्याम्पसमा लाग्ने शुल्क, सेमेस्टर शुल्क, परीक्षा तथा मासिक शुल्क, आइडी कार्ड शुल्क, प्राइओरिटी शुल्क, सर्टिफिकेट शुल्क, प्राक्टिकल शुल्क, फिल्ड रिपोर्ट शुल्क, टिचिङ प्राक्टिस शुल्क, रेकम्मेन्डेसन शुल्क वा अन्य कुनै पनि शुल्क क्युआर कोड, मोबाइल बैंकिङ्ग एप, ई–सर्भिस र क्वीक पे प्लेटफर्ममार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ ।

क्याम्पस प्रशासनले आफ्नो डाटा, जानकारी, आर्थिक व्यवस्थापन, अडिट तथा रिपोर्टिङ जस्ता कार्य रियल टाइममा गर्न सकिने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *