रुपन्देही । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ जना पुगेको छ । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो ।
मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट–८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका नाम नखुलेका व्यक्तिको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ।
बिहीबार बिहान ७ बजेको समयमा बाँफिकोट गाउँपालिका–८ तोरीधारा जिप दुर्घटना परेको हो। सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बाँफिकोट रुकुम पश्चिमले जनाएको छ।
घटनामा परी १० जना घाइते भएका छन् । जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको छ भने दुर्घटनाको कुनै कारण खुल्न सकेको छैन।

Leave a Reply