पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले शपथ लिएका छन् । उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार शपथ गराएका हुन् ।
गोरखा पालुङटार- ३ का देवकोटालाई मुख्यमन्त्री पाण्डेको सिफारिसमा आइतबारको मन्त्रिपरिषद बैठकले उपाध्यक्ष नियुक्त गरेको थियो । उनले कोरियाबाट विपद व्यवस्थापनमा पीएचडी गरेका छन् ।
आयोगका अन्य सदस्यहरु भने नियुक्त भएका छैनन् ।

Leave a Reply