राजतन्त्रबारे ओलीको टिप्पणीप्रति राप्रपाको प्रश्न- ६३ सालसम्म तपाईं पनि फटाहा, मूर्ख र अज्ञानी हुनुहुन्थ्यो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति राप्रपाले आपत्ति जनाएको छ । आइतबार ओलीले पार्टी निकट किसान महासंघको कार्यक्रममा ओलीले राजसंस्था मान्ने स्वार्थी, फटाहा र बुद्धि नभएको हुने टिप्पणी गरेको थिए ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ओलीको अभिव्यक्तिले राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुग्ने पुगेका भन्दै आपत्तिजनक र दुर्भाग्यपूर्ण रहेको बताए ।

उनले भने, ‘राजसंस्था मान्नेहरु फटाहा, मूर्ख र अज्ञानी हुन्छन् भन्ने उहाँको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण छन् । आफ्नो अभिव्यक्ति फिर्ता लिन अनुरोध गरिन्छ ।’

उनले ओलीलाई ०६३ सालसम्म तपाईंहरु पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो ? भन्दै प्रश्न गरेका छन् ।

 

Comments

3 responses to “राजतन्त्रबारे ओलीको टिप्पणीप्रति राप्रपाको प्रश्न- ६३ सालसम्म तपाईं पनि फटाहा, मूर्ख र अज्ञानी हुनुहुन्थ्यो ?”

  1. डा. शमोला भुसाल Avatar
    डा. शमोला भुसाल

    उत्तेजित हुन जरुरी छैन। एक ऐतिहासिक उचाई प्राप्त गरेका, उज्ज्वल छवि बनाएका नेता केपि ओलिज्युको सम्यमित अभिव्यक्तिको अपेक्षा गरिन्छ।

  2. nagendra Avatar
    nagendra

    बोल्नै नपर्ने कुरा बोल्न परेको किन हो ओली !? अरु कुरा छैनन र बोल्ने !?
    महाबिर पुनको बारेमा बोल, देश सम्ब्रिद्द बनाउन जग बसाउने कुरा गरेका छन, एक्लै प्रयास गरेका छन !! देश बलियो भएर आँफै त्येस्ता योजना बनाएर लागेको भए ब्येक्ति यसरी अघी आउनु पर्ने थिएन !! सरकारहरु निकम्मा र अकर्मण्य स्वार्थी हुँदा हो ब्येक्ति अघी सर्ने, नयाँ नयाँ सामर्थ्य हरु जन्मिने !! लुटेरा सरकारले त अहिले बाटोमा सुत्न पर्ने बनाएको छ त्यो विद्वानलाई !!

  3. Rajendra Adhikari Avatar
    Rajendra Adhikari

    काम छैन उखाने प्रख्यात केपी सर्मा ओलि आफ्नो कार्यकर्तालाई डुङ्गा हान्न लगाएर चुपचाप बसेका राजपरिवार माथि बीस फ्याकेको छ बिदेशी लेलिन पादरीहरुको औलाहरु ज्ञानेन्द्र शाहा बाउ हो नेपाल राष्ट्र को आजको नेपाल तिनैका जिजु बाजे पृथ्वीनारायण शाह मगर बाट आर्जित नेपाल हो कोलि काका युवा बिदेश पलायन कसरी रोक्ने नेपाल मा कलकारखाना कसरी खोल्ने नेपाली लाई आयमुखि कसरी बनाउने सोंच न बिचरा चुपचाप आफ्नो ठाउँमा रहेको राजपरिवार बिरुद्ध किन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *