हिन्दू राष्ट्र माग्दै राप्रपा सांसद विना जैसवालले संसदमा गुन्जाइन् गायन्त्री मन्त्र र जय श्रीरामको नारा (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना जैसवालले प्रतिनिधिसभा बैठकमा हिन्दू राष्ट्र माग्दै गायन्त्री मन्त्र र जय श्रीरामको नारा लगाएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हिन्दू राष्ट्र माग्दै गायत्री मन्त्र वाचन गरेकी हुन् ।

उनले देश र जनताप्रति इमानदार र निष्ठावान् बन्न सदनमा ईश्वरको नाममा शपथ खान सकिन्छ भने देशको वातावरण सुधार होस् भ्रष्टाचार कम होस् भनेर भन्न पाइने बताइन् ।

उनले भनिन्, ‘आइ स्ट्रोङली विलिभ इन अल द रिलिजन आर सेम । इन फ्याक्ट माइ ड्यु रेस्पेक्ट अल द रिलिजन बट माई रिलिजन इज माई प्राइड । कुनैपनि धर्ममा भेद छैन, मान्छेको मनमा भेद छ । सर्वधर्म सम्पन्न हिन्दू राष्ट्र नेपाल कायम होस, जय श्रीराम ।’

Comments

One response to “हिन्दू राष्ट्र माग्दै राप्रपा सांसद विना जैसवालले संसदमा गुन्जाइन् गायन्त्री मन्त्र र जय श्रीरामको नारा (भिडिओ)”

  1. महफूज अन्सारी Avatar
    महफूज अन्सारी

    यो गुप्ता जयसवाल बनियां आफनो ब्यपार बाट जनता लाई लूटदै छन अनि अब देश लाई लूटन को लागी भारतिय आर एस एस का नारा लगाई रहेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *