संखुवासभा । पूर्वी पहाडी जिल्ला संखुवासभा र भोजपुर मुल थलो भएका किरात मेवाहाङ जातिको दोस्रो राष्ट्रिय सम्मेलन संखुवासभाको सिलिचोङ गाउँपालिका स्थित बालामा सम्पन्न भएकाे छ । फागुन २० गते उदघाटन भएको उक्त सम्मेलनले शंकरदास मेवाहाङको अध्यक्षता १७ सदस्य केन्द्रिय कार्यसमिति निर्वाचित गरेकाे छ ।
संखुवासभा निर्वाचन क्षेत्रका प्रदेश सभा सदस्य राजेन्द्र कार्कीले कोशी प्रदेश नामकरण हुनुमा पहिचानवादीहरुको अल्पमत भएको बताए । नेकपा माओवादी, जसपा र एकीकृत समाजवादी किरात पहिचान सहितको नामकरणमा उभिए पनि १८ जना मात्र सांसद भएकोले किरात पहिचानलाई प्रदेश नामकरणमा समेट्न नसकिएकोमा दुख ब्यक्त गरे ।
सम्मेलनको उदघाटनलाई साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलत कुलुङले सम्बोधन गर्दै जातीय पहिचानको उत्थानलाई स्थानिय सरकारहरुले प्राथमिकता राखेर कार्यक्रम ल्याउनु पर्ने बताए । सम्मेलन स्थल सिलिचोङ गाउँपालिकाको अध्यक्ष भुपालराज मेवाहाङले जातीय एकता र सहकार्यलाई प्रमुख मुद्धा बनाएर किरातीहरु अघि बढ्नुपर्नेमा जोड दिए ।
सम्मेलनको विशिष्ट अतिथी आदिवासी किरात महासंघका अध्यक्ष धिरेन बाहिङले सबै आदिवासी जनजातिलाई सूचीकरण नगरेर राज्यले विभेद गरेको आरोप लगाए । मेवाहाङ जाती पनि छुट्टै पहिचान भएको जाती भएकोले यथासिघ्र आदिवासी जनजातीमा सुचिकृत हुनुपर्नेमा जोड दिए ।

सम्मेलन उदघाटनको साँझ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपति वरिष्ठ गायक शम्भु राईको विषेश प्रस्तुतिमा ूयाखोम्मा सांगेतिक साँझू समेत भएको थियो । राईको साथमा मेवाहाङ कलाकार संघका कलाकारहरुले पनि प्रस्तुति दिएका थिए ।
इलाम, मोरङ, सुनसरी, काठमाडौ, भोजपुर र संखुवासभाबाट उपस्थित मेवाहाङ जातिका प्रतिनिधिहरु उपस्थिति उक्त सम्मेलनमा गत स्थानीय निर्वाचनमा मेवाहाङ जातिबाट निर्वाचित १४ जना जनप्रतिनिधि तथा साहित्य, संगीत, कला, पत्रकारिता र मेवाहाङ जातिको संस्थागत विकासमा उल्लेख्य योगदान पुर्याउने विभिन्न १८ जना मेवाहाङ जातिका व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।
तीन दिन सम्म चलेको सम्मेलनले वरिष्ठ उपाध्यक्षमा सन्तोष मेवाहाङ, उपाध्यक्षमा मेनुका मेवाहाङ, महासचिवमा विश्वरसिंह मेवाहाङ, सचिवमा खेवाहाङ मेवाहाङ, कोषाध्यक्षमा मणीचन्द्र मेवाहाङ, सह(कोषाध्यक्षमा संगीता मेवाहाङ र सदस्यहरुमा युनिसा मेवाहाङ, गोबिन्द मेवाहाङ, सुमन मेवाहाङ, सबिता मेवाहाङ, बुद्धिमान मेवाहाङ, मीनबहादुर मेवाहाङ, तारा मेवाहाङ, लगन मेवाहाङ, श्रीकुमार मेवाहाङ, अरिता मेवाहाङ केन्द्रिय कार्य समितिमा निर्वाचित भए।


Leave a Reply