काठमाडौं । साताको तेस्रो दिन मङ्गलवार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम रहेको छ ।
त्यस्तै अघिल्लो दिन आइतबार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी मङ्गलवार चाँदी १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

Leave a Reply