एमालेलाई नेकपा एसकाे जवाफ- राष्ट्रपतिमा सघाउन सक्दैनौं, संवादकाे वातावरण रहे सहकार्य हुनसक्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारलाई सघाउन नसकिने जवाफ पठाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको पत्रको जवाफ दिंदै नेकपा एसले अहिले सघाउन नसकिएपनि सहकार्य हुनसक्ने बताएको छ ।

जवाफमा भनिएको छ- पत्रले औपचारिक रुपमा राजनीतिक संवादको ढोका खोलिदिएको छ। राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक संवदको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुनसक्दछ ।

एमाले अध्यक्ष ओलीले आज नेकपा एसका अध्यक्ष नेपाललाई सम्बोधन गर्दै निर्वचनमा सघाउन पत्र लेखेका थिए ।

Comments

One response to “एमालेलाई नेकपा एसकाे जवाफ- राष्ट्रपतिमा सघाउन सक्दैनौं, संवादकाे वातावरण रहे सहकार्य हुनसक्छ”

  1. ksp pyl Avatar
    ksp pyl

    दिल्लीको भाडाको टट्टुले त अर्को टट्टुलाई नै सघाउँछ नि । स्वाभिमान भएकोलाई कहाँ सघाउँछ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *