दाहसंस्कार गर्न लागेको शव प्रहरीले नियन्त्रणमा लियो, दुईजना पक्राउ

जनकपुरधाम । जनकपुरधामस्थित भुतनाथ मन्दिर परिसर (स्वर्गद्वार)मा दाहसंस्कार गर्ने तयारी गरिरहेको बेला एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका ४ की ३५ वर्षीया सुनिता कार्कीको शव जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । माइत पक्षले हत्या गरेको भन्दै उजुरी गर्दा प्रहरीले कार्कीको शव नियन्त्रणमा लिएर अस्पताल पुर्याएको छ ।

धनुषाका प्रवक्ता डिएसपी बेदप्रकाश गौतमले उजुरीको आधारमा छानविनका लागि शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखेको बताए । उनले आरोपी दुई जनालाई नियन्त्रणमा लिएको पनि जानकारी दिए ।

माइत पक्षले कुटपिट गरी सुनिताको हत्या उनकै श्रीमान, सासु, ससुरा लगायतमाथि लगाएको छ । प्रहरीले उजुरीकै आधारमा मृतक सुनिताको श्रीमान शेखर बहादुर कार्की र नाम नखुलेको अन्य एक व्यक्ति छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *