माछापुच्छ्रे गाउँपालिकाका वडाध्यक्षले कुटेको भन्दै प्राविधिकले हाले उजुरी

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका कार्यरत असिस्टेन्ट सब इन्जिनियर लक्ष्मण जिसीले वडाध्यक्षले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

वडा नम्बर ८ अध्यक्ष रामबहादुर गुरुङले शुक्रबार आफ्नै कार्यकक्षमा गालीगलौज तथा कुटपिट गरेको भन्दै गुरुङलाई कारबाही गर्न मागसहित इन्जिनियर जिसीले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका हुन् ।

वडाध्यक्ष गुरुङले इन्जिनियरसँग भनेको नमानेकाले भनाभन हुँदा धकेलाधकेलमात्र भएको प्रतिक्रिया दिए ।

‘हिजो म कार्यक्रमका लागि धम्पुसमा थिए, मैले उसलाई फोन गरेर ल्याङको सामुदायिक होमस्टेको कार्यक्रमको पूर्वाधार बनाउने स्टिमेट तयार गर्दैऊ है भाइ भनेपछि उहाँले हुन्छ भन्नुभयो । अनि मलाई त लाग्यो उहाँ जानुभो, मैले ल्वाङमा फोन गरेर प्राविधिक आउनुभएन भने,’ वडाध्यक्ष गुरुङले भने, ‘अहिले पनि उहाँ ढिलो आउनुहुन्छ, उहाँ आउनुभो किन ढिलो भनेर उहाँलाई मैले सोध्दा उहाँको टाउकोमा हेल्मेट थियो, हेल्मेट हातमा निकालेर चर्को स्वर गर्नुभो, अनि त्यसपछि म पनि अलिकति एग्रेसिभ भए, ढकेलिदिएको हो ।’

जिसीमाथिको कुटपिटको विरोधमा कर्मचारीआवद्ध संग-संगठनले विरोध गरेका छन् ।

कार्यालय उजुरी परिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञान खड्काले बताए ।

‘भर्खर निवेदन परेको छ, त्यो बारेमा अनुसन्धान गर्दैछौं,’ सूचना अधिकारी खड्काले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *